रोनाल्डो १६ बर्षमा पहिलो चोटि नकआउट चरणमा गोल गर्न असफल

एजेन्सी, मंगलबार राती च्याम्पियन्स लिग अन्तगतको खेलमा युभेन्टस नकआउट चरणबाट बाहिरिएका छन। रोनाल्डोले दुबै लेगमा गोलबिहिन भए। उन्को यो पछिल्ला १६ बर्षमा पहिलो पल्ट नकआउट चरणमा गोलबिहिन भएको हो।

सन २००५ यता रोनाल्डोले हरेक सिजन च्याम्पोयन्स लिग अन्तर्गतको नकआउट चरणमा गोल गर्न सफल रहेको थियो। त्येस बेला म्यान्चेस्टर युनाईटेडलाइ एसि मिलानले नकआउट चरणबाट हराउदा रोनाल्डोले गोल गरेको थिएन।

फेदेरिको चिएसाले दुई खेलमा गरेर ३ गोल गरेका थिए। पोटुगिज स्टारले फ्रि किक दौरान सर्जियो ओलिभेराको प्रहार छोडेको भन्दै आलोचना बेहोर्नु परेको थियो। उक्त फ्रि किक गोल नै खेलको निर्णायक गोल हुनपुग्यो।

रोनाल्डो युभेन्टसमा अनुबन्ध भए देखि उन्ले नकआउट चरणमा पाँच गोल गरेका छन। उन्ले एटलेटिको म्याड्रिडविरुद्ध तीन गोल र आयक्सविरुद्ध दुई गोल गरेका छन।