रोनाल्डो स्वार्थी र रिसाहा खेलाडी:- क्रोएसियाका प्रशिक्षक

फिफा विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालीचले पोर्चुगलक फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई स्वार्थी र रिसाहा भनेका छन् ।

प्रशिक्षक डालीचले कोरेसियाको स्थानीय संचारमाध्यमसँग बोल्दै भने, ‘क्रिस्टियानो रोनाल्डो अहंकारी खेलाडी हुन् । उनलाई म कहिलेपनि आफ्नो टोलीमा लिन्न । ‘ पाँच पटकका ब्यालोन डी ओर बिजेता रोनाल्डोले बिहिबार सम्पन्न युएईएफए समारोहमा सहभागिता जनाएनन् जहाँ उनका पूर्व सहकर्मी खेलाडी लुका मोड्रीचले उनलाई पछि छाड्दै उत्कृष्ट खेलाडीको उपाधि जिते ।

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको विजेता बनाउन रोनाल्डोसँगै मोड्रीचको समेत योगदान अतुलनीय रहेको थियो । उनले आफ्नो टोली क्रोएसियालाई समेत विश्वकप फुटबलको फाइनलसम्म पुर्याए । लगातार पछिल्लो समय आलोचनाको शिकार बनिरहेका रोनाल्डोको विषयमा बोल्दै क्रोएसियाका प्रशिक्षकले भने, ” रोनाल्डो युएईएफए समारोहमा उपस्थित नहुनु र मोड्रीचका विषयमा त्यस्तो सोच्नु दिनु राम्रो होइन। म जे भन्दै छु यो सत्य हो । रोनाल्डो एक अहंकारी हुन् र म उनलाई मेरो टोलीमा लिन कहिलै पनि चाहन्न ।”

उनले थपे, “रोनाल्डो आफ्नो लागि मात्र सोच्ने खेलाडी हुन्। उनी त्यस्ता खेलाडी हुन् जसले क्लब हारेपनि मैले गोल गर्नुपर्छ भनेर सोच्छ। ” उनै प्रशिक्षक डालीचको प्रशिक्षणमा क्रोएसियाले पोर्चुगलविरुद्ध अर्को साता मैत्रीपूर्ण खेल खेल्दै छ । डालीचले थपे, ” हाम्रो मुख्य लक्ष्य सन् २०२० को यूरो कप हो । पोर्चुगल वा स्पेनसँग मैत्रीपूर्ण खेलमा हार्नु हाम्रो लागि महत्त्व राख्ने छैन । म हामी जित्नका लागि खेल्ने छैनौं भनेर भन्न खोजिरहेको छैन तर आउँदै गरेको युरो कपलाई हेर्दै म मेरो टोलीमा धेरै दवाब दिने पक्षमा छैन ।”

क्रोएसियाले विश्वकप पछिको आफ्नो यात्रा मान्जुकीच, कोर्लुका र सुबासिचबिना नै सुरु गर्नेछ। तीनैजना खेलाडीले विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। प्रशिक्षक डालीचले भने, ” मान्जुकीचले एकसाँझ मलाई फोन गरे । हामीले धेरै समय यस बिषयमा कुरा गर्यौं । अर्को विहान उनले पुन: मलाई फोन गरे । मलाई लग्यो हामी हिजो मात्र बोलेका थियौं र आज किन उनले फेरी फोन गरे भनेर तर जब मैले फोन उठाएर कुरा गरें तब उनले आफ्नो सन्यासको कुरा मलाइ सुनाए । तपाईं सोच्नपनि सक्नुहुन्न एक योद्धा, हार नमान्ने खेलाडीलाई समेत आफ्नो सन्यासको कुरा सुनाउन धेरै गाह्रो थियो ।”