“रोनाल्डो सिटिमा अनुबन्ध हुने छैनन्”

एजेन्सी, म्यान्चेस्टर युनाइटेडका पुर्व खेलाडी वेन रुनीले रोनाल्डो सिटिमा अनुबन्ध नहुने बताएका छन्। रिपोर्टका अनुसार उनले रोनाल्डो सिटिमा अनुबन्ध हुने आफुले नदेखेकेको जनाएका छन्।

३५ वर्षका इङलिस पुर्व खेलाडी तथा हाल फुटबल प्रशिक्षक वेन रुनी २००४ देखि २०१७ सम्म म्यान्चेस्टर युनाइटेडका खेलाडी थिए। उनले रोनाल्डसँग तिन प्रेमियर लिगको उपाधी जित्न सफल भएका थिए। रिपोर्टका अनुसार उनले रोनाल्डो सिटिमा अनुबन्ध भई आफ्नो म्यान्चेस्टर युनाइटेडको विरासतलाई धक्का नपुर्‍याउने जनाएका छन्।
रिपोर्टका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने लगभग पक्का रहेको छ। रोनाल्डो सिटिमा अनुबन्ध हुने सम्भावना प्रबल रहेको पनि भनिएको छ। म्यान्चेस्टर सिटि युनाइटेडको छिमेकी क्लब हुनुका साथसाथै प्रत्यक्ष प्रतिद्वन्दी पनि हो। रोनाल्डो २००३ देखि २००९ सम्म युनाइटेडका खेलाडी थिए।