रोनाल्डो साइन गर्न सक्ने बारे पिएसजीले यस्तो भने

युभेन्टस अर्को सिजनमा रोनाल्डोलाई बेच्न तयार हुने खबर आउँदा उनि अब पिएसजी जान सक्ने धेरैको विश्वास रहेको छ र सो चर्चाबारे पेरिस सेन्ट-जर्मेनका खेल निर्देशक लियोनार्डो मुख खोलेका छन्।

३५ वर्षका रोनाल्डो २०१८मा रियल बाट युभेन्टसमा आएका थिए र उनको समय युभेमा राम्रो रहेको छ र उनले क्लब संग दुई पटक लिग पनि जितेका छन्। यद्यपि भर्खरका रिपोर्टहरूका अनुसार युभेन्टसले अर्को ग्रीष्मको विन्डोमा रोनाल्डोलाई बेच्ने छ, युभे आफ्नो तलब खर्च घटाउन इच्छुक रहेको खबर छ।

युभे पछि अब रोनाल्डो अब पिएसजी जाने चर्चा हुदै गर्दा पिएसजीका खेल निर्देशक लियोनार्डो सो कुरा सम्भव रहेको बताए।

“अहिलेको समयमा फुटबलमा के हुन्छ भनेर हामीलाई थाहा हुदैन। हुनसक्छ भोली क्रिस्टियानो रोनाल्डो उठेर भन्छन् कि म कतै अर्को क्लबमा खेल्न चाहन्छु।

“उनलाई कसले किन्न सक्छ? उनलाई साइन गर्ने सक्ने क्लबको सानो सर्कल छ। पिएसजी यस सर्कलमा पर्दछ। सामान्यतया यो अवसरहरू, परिस्थितिहरूको अनुसार हुन्छ।

“ट्रान्सफर विन्डोमा, हामीले यसको लागि तयारी गर्नुपर्दछ र हामी यही गर्छौं। हामीसँग हाम्रो प्राथमिकता छ, हाम्रा सूचिहरू छन्, तर अप्रत्याशित कुरा पनि हुन सक्छ।”