इन्टर मिलान विरुद्धको खेलमा रोनाल्डो सब्सीट्यूट हुनु परे पछि असन्तुष्ट रहेको देख्न सकिन्थ्यो। युभेन्टसले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगको खेलमा इन्टरको सामना गरेको थियो र सो खेलमा रोनाल्डोले २ गोल गरेका थिए भने सब्सीट्यूट हुन परे पछि उनले आफ्नो ह्याट्रिक पुरा गर्न पाएनन्।
Andrea Pirlo 🗣️: “There is no clause in his contract that says he can’t be subbed off”
Cristiano Ronaldo got subbed off just before he could get his hat-trick and his reaction said it all. He really wasn’t happy!https://t.co/Fx2PavXxcR
— SPORTbible (@sportbible) February 3, 2021
युभेका कोच पिर्लोको उक्त निर्णयबाट रोनाल्डो खुसी नरहेको देख्न सकिन्थ्यो भने पिर्लोले सो बारे एक अन्तर्वार्तामा बोलेका छन्।
युभेन्टसका कोच पिर्लोले खेल पछि भने : “यो सामान्य कुरा हो, जब तपाईँ यस्तो खेलमा जानुहुन्छ तपाईँ टोलीलाई मद्दत गर्न र अझै खेल्न चाहनुहुन्छ।
Juventus boss Andrea Pirlo defends his decision to sub Cristiano Ronaldo during their Coppa Italia win over Inter.
“There is no contract clause that says he can’t be subbed off. He knows he is a fundamental player for us but to get his breath back, he must always be at the top.” pic.twitter.com/tTnfW5knjr
— SBOTOP (@sbotopofcl) February 3, 2021
“उनी सब्सीट्यूट हुन नहुने कुरा कुनै पनि सम्झौताको धारामा छैन। उनी जान्दछन् कि उनी हाम्रो लागि आधारभूत खेलाडी हुन् तर सास फेर्न समय पनि पाउनु पर्छ र शीर्षमा रहनको लागि।
“उनी प्रति केही आलोचनाहरू भएको थियो तर उनले सो खेलमा आफ्नो प्रदर्शनबाट यो प्रमाणित गरे कि उनी उत्कृष्ट छन्।