पोर्चुगलका सुपरस्टारको युभेन्टस सँगको सम्झौता अर्को वर्ष अन्त्य हुने छ, उनी नयाँ क्लबमा जान सक्ने केही चर्चा पनि रहेको छ तर युभेन्टस उनी संग सम्झौता विस्तार गर्न इच्छुक छन् र युभेको सामु एक समस्या रहेको छ।
Juventus are considering renewing Cristiano Ronaldo’s contract up to 2023.
(via Marca) pic.twitter.com/sY8I51sXqV
— Transferchanger (@TransferChanger) February 4, 2021
क्रिस्टियानो रोनाल्डो भर्खरै ३६ वर्षको भए तर मैदानमा उनको प्रदर्शन अझै पनि निकै उत्कृष्ट रहेको छ। यो सिजन उनको २४ खेलमा २३ गोल रहेको जसले प्रमाणित गर्दछ कि उनी अझै पनि उत्कृष्ट एक खेलाडी हुन्। यो कुरा युभेन्टसलाई पनि थाहा छ र युभे उनी संग सम्झौता नवीकरण गर्न इच्छुक छन् तर उनको तलबले युभेलाई समस्यामा पारेको खबर छ।
Juventus ‘urge’ Cristiano Ronaldo to take pay cut in contract renewal talks https://t.co/E67zAoxTFP
— Chochilino (@ChochilinoRadio) February 7, 2021
हाल युभेन्टसमा रोनाल्डोको तलब प्रति सिजन €३१ मिलियन रहेको छ र रोनाल्डो संग नयाँ सम्झौता युभेको मुख्य प्राथमिकता रहे पनि अहिलेको अवस्थामा सो तलब तिर्न युभेलाई गाह्रो हुने खबर छ।
खबर अनुसार युभेन्टसले रोनाल्डोलाई कम तलबको साथ नयाँ सम्झौताको प्रस्ताव गर्ने छ, र त्यो प्रस्ताव स्वीकार्न उनी खुल्ला हुने छन् वा छैनन्, त्यो हेर्न बाँकी छ।