रोनाल्डो संग खेल्न नेमार युभेन्टस जान सक्ने

नेमार पिएसजी छोडेर युभेन्टस जान सक्ने खबर आएको छ। खबर अनुसार नेमार पिएसजी छोड्न निकै आतुर छन् र उनि रोनाल्डो संग खेल्न नेमार युभेन्टस जान सक्ने छन्।

नेमारले आफु पिएसजी छोड्न चाहेको कुरा निकै प्रस्ट परेका छन् उनि बार्सिलोना जान खोजेका थिए तर बार्सिलोनाले ग्रिजम्यान साइन गरे पछि नेमार बार्सिलोना फर्किने कुरामा अनिश्चितता बढ्दै गएको छ।

बार्सिलोनामा फर्किने तय नभए पछि नेमार अरु ठुलो क्लब- रियल म्याड्रिड, बायर्न म्यूनिख, युभेन्टस, म्यान्चेस्टर युनाइटेडको लागि आफु खुल्ला रहेको बताए पछि युभेन्टसले उनि माथि चासो देखाएको हो।

युभेन्टस नेमार साइन गर्न चाहन्छन र युभेन्टसको प्रतिनिधिहरु र नेमारका बुवा बीच कुरा पनि भएको भनेर Marcaले खबर गरेको छ।