“रोनाल्डो संग खेल्नु सपना पुरा हुनु हो”

युभेन्टसका नयाँ मिडफिल्डर आर्थरले बताए कि क्रिस्टियानो रोनाल्डोसँग खेल्नु भनेको “सपना साकार हुनु हो”।

ब्राजिलियन स्टार बार्सिलोनाबाट युभे आएका थिए- बार्सा र युभे बीच खेलाडी स्वाप डिल भएको थियो। युभेले आफ्नो खेलाडी- मिरालेम पजानिक बार्सालाई दिएका थिए भने बार्साका आर्थर युभेमा आएका थिए।

“मैले ठूलो खेलाडीहरूसँग खेल्ने अवसर पाएको छु। रोनाल्डोसँग खेल्नु सपनाको साकार हुनु हो,” उनले बुधबार भने।

 

“आजको दिन मेरो लागि एकदम महत्त्वपूर्ण दिन हो। म मेरो परिवार, प्रबन्धकहरू, फ्याबियो [प्याराटी, मुख्य फुटबल अफिसर] र सबैलाई धन्यवाद दिन्छु जसले मलाई स्वागत गरे।”