रोनाल्डो संग खेलेको बारे करिम बेन्जेमा यस्तो भने

क्रिस्टियानो रोनाल्डोसँग खेल्ने क्रममा करिम बेन्जेमाले निस्वार्थ निहित भूमिकाको बारेमा बोलेका छन्। नम्बर ९को नेतृत्व लिए पनि, लियोनबाट आएका स्टारले पाँच पटकका बालोन डी’ओर विजेताको लागि सहयोगीको रुपमा खेले।

रोनाल्डोको लस ब्लान्कोसका लागि ४५० गोलमा, बेन्जेमाको ४७ असिस्ट रहेको थियो र दुई बीच निकै उत्कृष्ट साझेदारी रहेको थियो।

यद्यपि, ३२ वर्षीयले स्वीकार गरे कि उनले रोनाल्डोको फाइदाको लागि आफ्नो खेल अनुकूल गरे।

मोभिस्टार + संग बोल्दै उनले भने: “लियोनमा मैले अर्को तरिकामा खेलेँ। अहिले म पिचमा फ्री छु, मलाई बल छुनु मनपर्छ।

“क्रिस्टियानोसँग मैले आफ्नो शैली परिवर्तन गरे, मैले उनको लागि खेलें।

“मसँग यस्तो खेलाडी थिय जो धेरौ गोलहरू गर्थे र मैले अनुकूलन गर्नुपर्‍यो।

“मैले सोचे कि यसले मलाई केही नराम्रो हुदैन, मैले आफ्नो खेलको तरीका बदल्नुपर्‍यो र मैले उनलाई धेरै पास दिनी पर्ने भयो।

“मैले मेरो गोल गर्ने सोचलाई अलग राखें।”