रोनाल्डो संगको प्रतिस्पर्धाबारे मेस्सीले यस्तो भने

बार्साका सुपरस्टार मेस्सीले रोनाल्डो संग हुने आफ्नो प्रतिस्पर्धाबारे बोलेका छन। उनले रोनाल्डो संग आफ्नो विशेष सम्बन्ध रहेको बताए भने उनलाई राम्रो स्वास्थ्यको शुभकामना पनि दिए।

रोनाल्डो हाल कोरोना भाइरसबाट संक्रमित रहेको कारण उनले युभे र बार्सा बीचको अत्यधिक प्रत्याशित गरिएको खेल गुमाउने देखा परेको छ।

जसले रोनाल्डोलाई मात्र हैन फ्यानहरुलाई पनि निराश पार्ने छ- र मेस्सीले आफु पनि उनको अनुपस्थितबाट निराश हुने बताए भने उनि खेल खेल्न फित हुने आफुलाई आशा रहेको बताए।

एल क्लासीको भन्दा अगाडि एक अन्तर्वार्ता कुरा गर्दै मेस्सीले रोनाल्डोको बारेमा पनि बोले।

“क्रिस्टियानो रोनाल्डोसँगको एक विशेष प्रतिस्पर्धा रहेको छ जो सधैंभरि रहने छ ,” उनले भने “यो धेरै वर्षसम्म चलेको छ र लामो समय यो स्तरहरू कायम गर्न सजिलो हुँदैन।

“हाम्रो क्लबहरु धेरै माग गर्ने प्रकारका थिए: रियल म्याड्रिड र बार्सिलोना, विश्वकै दुई सब भन्दा बलियो क्लबहरू।

“धेरै बर्स सम्म बराबर रूपमा प्रतिस्पर्धा गर्न सधैंको लागि रहन्छ। म र क्रिस्टियानो रोनाल्डो बीचको प्रतिस्पर्धा र सम्बन्ध व्यक्तिगत स्तरमा धेरै राम्रो थियो र मलाई लाग्छ कि फ्यानहरुले पनि यसको आनन्द उठाए।”

फेरी पनि रोनाल्डो संग खेल्ने बारे प्रस्न गर्दा उनले भने।

“जब क्रिस्टियानो रियल म्याड्रिडका लागि खेल्थे खेलहरू विशेष थिए, रियल बिरूद्ध सधैंनै हुने गर्थ्यो, तर क्रिस्टियानोसँग पिचमा त्यो खेलको विशेष अर्थ थियो। “यो अब विगतको कुरा हो, अब हामी आजका चुनौतीहरूको लागि प्रतीक्षा गर्छौं।

“आउँदो च्याम्पियन्स लिगको खेल त्यो चुनौती हुन सक्छ। म आशा गर्छु कि क्रिस्टियानो पनि त्यहाँ हुने छन् र चाँडै कोरोना भाइरसबाट निको हुने छन् ।”