रोनाल्डो विश्वकै प्रशंसित खेलाडी

एक सर्वेक्षण अनुसार क्रिष्टियानो रोनाल्डो विश्वकै अधिक प्रशंसा गरिएका खेलाडी भएका छन् । उनले प्रतिष्पर्धी लियोनेन मेस्सीलाई समेत प्रसंसामा पछाडी पारेका हुन् । ‘यु गोभ’ (YouGov) ले गरेको सर्वेक्षणमा विश्वभर प्रसंसा गरेका व्यक्तिको सुचीमा उनले लियोनेल मेस्सीलाई पछी पारेका हुन् ।

यु गोभले गरेको सर्वेक्षणमा अमेरीकाका पुर्वराष्ट्रपति बाराक ओवामा दोश्रो नम्बरमा छन् । यु गोभ का रिर्पाेटर म्याथ्यु स्मिथले यस्तो खुलासा गर्दै भने विल गेट्स यो वर्षको सबै भन्दा प्रशंसित व्यक्ति बन्न सफल भएका छन ।

तेश्रो नम्बरमा हलिवुड अभिनेता ज्याकि चैन रहेका छन् । चीनका राष्ट्रपति शी जिनपिंग, चीनीया अनलाइन कम्पनी अलीबाबाका प्रमुख जैक मा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्रमश चौथो, पाँचौ र छैठौँ स्थानमा छन् ।

युवेन्टस क्लब तथा पोर्चुगली राष्ट्रिय टिमका स्टार क्रिष्टियानो भने सातौँ स्थानमा छन् । उनी खेलाडी तर्फ भने पहिलो नम्बर छन् । अन्य खेलाडीहरु उनी पछि मात्रै प्रशंसितको सुचीमा छन् । यसैगरि तिब्बती धर्म गुरु दलाई लामा आठौँ स्थानमा रहदाँ नवौँ स्थानमा अर्जेन्टिना तथा क्बल बार्सिलोनाका स्टार लियोनेल मेस्सी रहेका छन् ।

अघिल्लो वर्ष उनी १० स्थानमा रहेका थिए । यो वर्ष उनले ३ स्थान तल झर्दै ७ औँ स्थानमा पार्न सफल भए । खेलका विषयमा त उनीहरुबीच को ठुलो भन्ने फ्यानहरुमा नै प्रतिष्पर्धा चलिरहेको बेला यो रिर्पाेटले खेल बाहिर विश्वकै प्रशंसित व्यक्तिमा मेस्सीलाई रोनाल्डोले उछिनेको देखाएको हो ।