रोनाल्डो र लेवान्डोस्कीलाई पछि पार्दै यूरोपीयन गोल्डेन शु इमोबिलेको नाममा

लाजियोका स्ट्राइकर सीरो इमोबिलेको सिरी एका शीर्ष गोल स्कोररको उपाधि जितेका छन् भने साथै यूरोपीयन गोल्डेन शु पनि जितेका छन् । । इटालियनले सिरी एमा लाजियोका लागि ३५ गोल गरेका छन् ।

सीरोले सेरी ए शीर्ष स्कोररको उपाधि साथै युरोपेली गोल्डेन शुको दौड पनि शीर्ष स्थानमा पुग्न सफल भएका थिए -सो क्रममा उनले लेवान्डोस्की र रोनाल्डोलाई पछि परेका थिए।

सीरो इमोबिले धेरै ठुलो नाम रहेका रोबर्ट लेवान्डोव्स्की, क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी जस्ता स्टारहरुलाई यो सिजन पछि पारेका छन्। उनले जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई २ गोलले पछि पार्दै जितेका छन।

सिरी एमा इम्मोबिलले तेस्रो पटक गोल्डन बुट जितेका हुन। यसअघि २०१३–१४ मा २२ गोल र २०१७–१८ मा २९ गोल गर्दै उनले यो अवार्ड हात पारेका थिए।