बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीले क्लब छोड्ने चर्चा रहेको छ र उनले क्लब छोडे बार्सा र ला लिगकै लोकप्रियतामा असर पर्ने धेरैको विश्वास रहेको छ। रोनाल्डोले रियल छोड्ने क्रममा पनि धेरैको यो विश्वास रहेको थियो र रियलको पनि लोकप्रियतामा केही कमी आएको देखिन्थ्यो।
Will Messi’s exit ruin El Clasico?
Javier Tebas:”This game shouldn’t be affected by the departure of two players; Cristiano leaving didn’t affect the Clasico and Messi’s exit shouldn’t affect it as well.”
[ONsport] pic.twitter.com/6iXEzhZItn
— Goal (@goal) March 8, 2021
तर ला लिगाका अध्यक्ष जेभियर तेबासको विश्वास छ कि मेस्सी र रोनाल्डोको प्रस्थानले ला लिगा वा एल क्लासिकोमा असर पर्ने छैन। मेस्सीले बार्सा छोडे एल क्लासिकोमा असर पर्न सक्ने प्रश्न बारे उनले सो नहुने बताए।
“यो खेल दुई खेलाडीहरूको प्रस्थानबाट प्रभावित हुँदैन। ला लिगा अध्यक्षले दाबी गरे।
🗣 Javier Tebas (LaLiga president) on @ONTimeSports: “Messi could not leave Barcelona for an agreement in his contract, but as I said about Cristiano Ronaldo, we are also financially prepared for that moment.”
— ᗩᑎᗴIᒪ🇳🇵🇪🇸 (@LeoAneil) March 9, 2021
“क्रिस्टियानोको प्रस्थानबाट क्लासिकोमा कुनै प्रभाव पारेन र मेस्सीले क्लब छोडे पनि यसलाई असर गर्दैन।”
उनले थपे “मेस्सी आफ्नो करारको कारण बार्सिलोना छोड्न सकेनन्, तर मैले क्रिस्टियानो रोनाल्डोको बारेमा भनेजस्तै हामी त्यस बखतको लागि आर्थिक रूपले तयार छौँ।”