“रोनाल्डो र मेस्सीले जातिय भेदभावलाई हटाउन आफ्नो लोकप्रियताको प्रयोग गर्नु पर्छ”

अमेरिकी महिला फुटबल टिमका स्टार मेगन र्यापिनो विश्वास गर्छन कि क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले आफ्नो लोकप्रियताको अझ राम्रो उपयोग गर्न सक्दछन्।

विश्व फुटबलका दुई स्टारहरु विश्व फुटबलको सबैभन्दा लोकप्रिय खेलाडीहरू हुन् र यद्यपि दुई यूएफाको साथ जातीयता विरोधी अभियानमा सामेल भएका छन्, तर दुई पटकको महिला विश्वकप विजेताको विश्वास छ उनीहरूले आफ्नो प्लेटफर्मको अझ राम्रोको लागि प्रयोग गर्दै जातिवादको बिरूद्ध लड्नु पर्छ।

“उनीहरूले धेरै गर्न सक्थे यदि उनीहरूले जातीयतावाद विरुद्ध लड्नको लागि आफ्नो लोकप्रियता प्रयोग गर्ने निर्णय गरे भने,” अमेरिकी स्टारले लक्वे म्यागलाई भने।

“म ‘ब्ल्याक लाइभ म्याटर’ वाला टी-शर्ट लगाउने कुरा गरिरहेको छैन, म अझ गहिराइमा कुरा गर्दैछु।”

हाल बिश्व ब्यापी जातिय र रंग भेदभाव बिरुद्ध अभियान चल्दै गरेको छ फुबटलमा पनि खेलाडीहरु खेल अघि केहि समय घुँडा टेक्दै जातिय र रंग भेदभाव बिरुद्ध आफ्नो आवाज उठाउने गर्दै छन् र अमेरिकी महिला फुटबल टिमका स्टार मेगन र्यापिनोले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले आफ्नो लोकप्रियताको उपयोग गर्दै अभियान अझै माथि लग्न आग्रह गरेका छन्।