पुर्व आर्सेनल कोच आर्सेन वेङ्गरले पिएसजीलाई मेस्सी साइन नगर्न आग्रह गरेका छन्। हाल मेस्सी पिएसजी जान सक्ने धेरै चर्चा हुदै गर्दा पुर्व आर्सेनल कोच वेङ्गरले पिएसजीलाई चेतावनी दिएका छन्।
PSG have been warned not to sign Lionel Messi by Arsene Wenger 😳 pic.twitter.com/BbdgG6DZM7
— Goal (@goal) December 9, 2020
वेङ्गरका अनुसार मेस्सी साइन गरे पिएसजीमा प्राविधिक र आर्थिक सन्तुलनमा गडबडी आउन सक्ने छ भने उनको विश्वास रहेको छ कि मेस्सी र रोनाल्डोको ठाउँ लिने खेलाडीहरु (एम्बाप्पे र नेमार) पिएसजीमै छन्।
“लियोनेल मेस्सी विश्वका दुई सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्। क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई प्रतिस्थापन गर्ने खेलाडीहरु पहिले नै पीएसजीमा छन्,” आर्सेनलले युरोप १ लाई भने।
Messi would ruin PSG’s ‘balance’ if he makes sensational move, claims Wenger https://t.co/ihfsBqcB23
— Sun Sport (@SunSport) December 9, 2020
“त्यस पछि, यो क्लबमा सन्तुलनको सवाल छ, एक प्राविधिक सन्तुलन र आर्थिक सन्तुलन। के मेस्सी जस्ता खेलाडीहरू ल्याएर पिएसजीमा सन्तुलन राख्न सक्नुहुन्छ? यसमा म निश्चित छुँइन।”