रोनाल्डो र बेन्जेमा पछि साउदीको नजर नेमारमा

Paris Saint-Germain's Brazilian forward Neymar (L) and Riyadh All-Star's Portuguese forward Cristiano Ronaldo look on during the Riyadh Season Cup football match between the Riyadh All-Stars and Paris Saint-Germain at the King Fahd Stadium in Riyadh on January 19, 2023. (Photo by FRANCK FIFE / AFP) (Photo by FRANCK FIFE/AFP via Getty Images)

हालै फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जेमालाई साउदी अरेबियाको क्लब अल इटिहाडले साइन गरे पछि साउदी प्रो लिगको निकै चर्चा हुँदै गर्दा साउदी क्लबहरूको नजर अब ब्राजिलियन सुपरस्टार नेमारमा रहेको जानकारी छ।


२०१७मा ट्रान्सफर रेकर्ड तोड्दै नेमार ला लिगा क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए भने हाल पिएसजी उनलाई बेच्न तयार रहेको बेला चेल्सी, म्यानचेस्टर युनाइटेड र न्यूकासल युनाइटेड जस्तो क्लबहरू सँग उनको नाम जोडिएको बेला साउदी क्लबहरूको नजर पनि उनी माथि रहेको जानकारी छ।

पिएसजीको लागि उनले हाल सम्म १७३ खेलेका छन् र सो क्रममा उनले ११८ गोल र ७७ असिस्ट गर्दै ५ फ्रेन्च लिग र ३ फ्रेन्च कप सहित धेरै घरेलु उपाधिहरू जितेका छन् र उनलाई यो ट्रान्सफर विन्डो बेच्न पिएसजी इच्छुक रहेको बेला नेमार पनि क्लब छोड्न तयार हुन सक्ने रिपोर्ट रहेको छ।

फुटबल सुपरस्टार रोनाल्डोलाई अल नासरले २०२३को जनवरीमा म्यान्चेस्टर युनाइटेडबाट साइन गरेको थियो भने फ्रेन्च स्टारलाई हालै मात्र अल इटिहाडले साइन गरेको बेला मेस्सीलाई पनि अल हिलालले साइन गर्न प्रयास गरेको थियो तर सो प्रयास सफल भएको थिएन भने अब साउदी अरेबियन क्लबहरूको नजर नेमार हुन सक्ने छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ