रोनाल्डो र बायर्न म्युनिख बिच वार्ता 

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले गत हप्ता जर्मन क्लब बायर्न म्युनिख सँग रोनाल्डोको ट्रान्सफर वारे वार्ता गरेको खुलेको छ।

हालै रोनाल्डोले एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर युनाइटेडका कोच एरिक टेन ह्यागको आलोचना गरे पछि युनाइटेड खुसी छैन भने युनाइटेडले उनी सँगको सम्झौता रद्द गर्ने ठुलो सम्भावना रहेको बेला रोनाल्डोलाई बायर्नले साइन गर्न सक्ने चर्चा रहेको छ।

बायर्नमा माने चोट ग्रसित छन् भने एरिक मैक्सिम चौपो-मोटिंगको भविष्य क्लबमा अनिश्चित रहे पछि नयाँ फोवार्ड साइन गर्ने बायर्नको योजना रहेको छ र क्रिस्टियानो रोनाल्डो बायर्नको लागि विकल्प हुन सक्ने डेली मेलले जनाएको छ।

 

म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लबका केही उच्च पदाधिकारीले धोका दिएको र मुख्य प्रशिक्षक इरिक टेन हाग प्रति कुनै सम्मान नभएको एक अन्तर्वार्तामा बताएका थिए जसको कारण उनले युनाइटेडले छोड्ने लगभग पक्का भएको छ।

गत सिजन सबै खाले प्रतियोगिता गरी २४ गोल गरेका रोनाल्डो युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका थिए । तर यस सिजन उनका लागि सुखद हुन सकेको छैन ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ