‘रोनाल्डो र जिदान भित्राउने फ्रेन्च क्लबको योजना’

फ्रेन्च क्लब ओलिम्पिक डी मार्सिले युभेन्टसका सुपरस्टार रोनाल्डो र रियलका कोच जिदान भित्राउने योजना बनाएको खबर छ।

१९९३का युईएफए च्याम्पियन लिगका विजे ओलिम्पिक डी मार्सिले नयाँ मालिक पाउने क्रममा छन्। अरबका एक कम्पनीले ७०० मिलियनमा क्लब किन्न कुरा छ र, पूर्व च्याम्पियन्स लिगका विजेताहरू फ्रान्सेली फुटबल फेरी प्रभुत्व गराउने नयाँ मालिकको योजना रहेको खबर छ ।

पेरिस सेन्ट-जर्मेन ले लिग जित्दा १२ अंकले पछि परेको ओलिम्पिक डी मार्सि आफ्नो टिम बलियो गर्न जिदान र रोनाल्डो भित्राउने आफ्नो इच्छा रहेको सम्भावित क्लब लगानीकर्ता अजरोदीले बताए।

ले फिगारो संग कुरा गर्दै उनले भने “स्थानीय स्टार जिनेडिने जिदान फिर्ता ल्याउनु भन्दा के राम्रो हुन्छ ?

 

“र एक खेलाडी जो म कहिले भुल्दिन क्रिस्टियानो रोनाल्डो हो। के म उनलाई क्लबमा हस्ताक्षर गर्ने सपना देख्छु? जीवनमा सबै सम्भव छ।”