रोनाल्डो र जिदानसँगै रियलले गुमायो ३३ प्रतिशत दर्शक

रियल म्याड्रिडले यो सिजन निकै खराब प्रदर्शन गरिरहेको छ । जसको मुख्य कारण हो रोनाल्डो र प्रशिक्षक जिदानले क्लब छाड्नु । प्रशिक्षक जिदानले गत सिजनको मध्यतिर क्लब छाड्ने निर्णय गरेका थिए । त्यस्तै अर्का विश्व चर्चित खेलाडी रोनाल्डोले विश्व कपको अन्त्यसँगै इटालियन क्लब युभेन्टस अनुबन्धन गरेपछि रियलको खेल खस्किएको छ ।

स्टार खेलाडीहरुले भरिएको रियलमा रोनाल्डोको स्थान अरुले लिन सकेनन् । रोनाल्डोको स्थान लिन सक्ने अनुमान गरेका स्टार खेलाडी ग्रेथ बेलले पनि खासै उल्लेखनिय प्रर्दशन गर्न सकिरहेको छैन । रियलले रोनाल्डोको स्थानमा अन्य खेलाडीहरु समेत भित्राउन सकेन । रियल म्याड्रिडले रोनाल्डो र जिदानसँगै दर्शक समेत गुमाएको छ ।

रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउ स्टेडियममा ८१ हजार ४४ दर्शक अट्न सक्ने क्षमता रहेको छ । रियलको खेल हुदाँ उक्त सथानमा दर्शक अट्न मुस्किल हुन्थ्यो । अघिल्लो सिजनसम्म रियलले घरेलु मैदानमा दर्शकको थिएन ।

तर, समयक्रम बदलिएको छ । स्पेनिस ला लिगामा रियलको प्रदर्शन सोचे जस्तो छैन । मैदानमा रियलले पहिला जस्तो समर्थक पाउन पनि छाडेको छ ।

रियललाई घरेलु मैदानमा दर्शकले साथ दिन छाडेबाटै टोलीमा समस्या रहेको प्रस्ट देखिन्छ । रियलका धेरै सर्मथकले पनि रोनाल्डोको बहिर्गमनलाई यसको मुख्य कारण ठानेका छन् । नौ वर्ष रियलमा बसेर यसै सिजनको सुरुमा युभेन्ट्स गएका रोनाल्डोको असर रियलको खेल, नतिजा र दर्शक सबैमा देखिएको हो । रियलका धेरै जसो सर्मथक अहिले इटालियन टोली युभेन्ट्सका सर्मथक बनेका छन् ।

यसअघि भरिपूर्ण हुने प्यारापिटमाअहिले दर्शक झण्डै ३३ प्रतिशतले घटेको छ । अहिले रियलको खेलमा औसत ५० देखि ५५ हजार दर्शक प्यारापिटमा पुग्ने गरेका छन् । ला लिगा मात्र होइन । कोपा डेल रे, च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा पनि रियललाई पहिला जस्तो सर्मथकले साथ दिएनन् । ला लिगाको आधा खेल सकिंदा रियलले सात खेलमा मात्र ६० हजार हाराहारीको संख्यामा दर्शक पाएको थियो ।

अघिल्ला बर्षमा ला लिगा उपाधिका लागि टक्कर दिने रियल अहिले तालिकाको चौथो स्थानमा शंघर्ष गरिरहेको छ । १६ खेलबाट २९ अंक बनाएको रियलले नौ जित, दुई बराबर र पाँच हार खेपेको छ । शीर्ष स्थानको बार्सिलोनाको ३४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका सेभिल्ला र एट्लेटिको म्याड्रिड समान ३१ अंक छ ।