रोनाल्डो रेप केस : रियल मेड्रिडले पोर्चुगिज अखबार विरुद्ध कानुनी लडाई लड्ने

FILE PHOTO: Soccer Football - Serie A - Juventus v Lazio - Allianz Stadium, Turin, Italy - August 25, 2018 Juventus' Cristiano Ronaldo during the match REUTERS/Massimo Pinca/File Photo

क्रिष्टियानो रोनाल्डोलाई केथरिन मायोर्गासँग गोप्य सम्झौता गर्न दबाब दिएको दावी गर्ने एक पोर्चुगिज अखबार विरुद्ध स्पेनीस जायन्ट रियल मेड्रिडले लिगल एक्सन लिने भएको छ ।

अखबारका अनुसार हाल बलात्कार आरोपको झमेलामा परेका रोनाल्डोलाई पिडित भनिएकी पूर्व अमेरिकी मोडल केथरिन मायोर्गासँग गोप्य सहमति गर्न रियलले दबाब दिएको दावी गरेको थियो । केथरिनले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिईन् ।

रोनाल्डोले सोही बर्ष आफ्नो पूर्व क्लब म्यानचेष्टर युनाइटेड छोड्दै रियल मेड्रिडमा आवद्ध भएका थिए । उता रोनाल्डोका वकिलले भन केथरिनले लगाएको सबै आरोप गलत भएको बताउँदै आएको छ ।

जर्मन पब्लिेकशन डेर स्पीगलका अनुसार यो बलात्कारको घट्नालाई ढाकछोप गर्न रोनाल्डोले केथरिनसँग ३ लाख ७५ हजार डलरमा गोप्य सहमति गरेको बताइएको छ ।

पोर्चुगिज अखबार कोर्रिओ डा मन्हाले बुधबार दावी गरेअनुसार रियल मेड्रिड कै आग्रहमा रोनाल्डो र केथरीनबीच त्यो गोप्य सहमति भएको थियो । स्मरणीय छ कि रियलले त्यहिबेला रोनाल्डोलाई विश्व किर्तिमानी रकममा अनुबन्ध गरेको थियो ।

उता रियलले भने पोर्चुगिज अखबारको यो खबरलाई गलत बताएको छ । साथै क्लबले एक आधिकारिक वक्तव्य जारी गर्दै गलत खबर फैलाएर क्लबको छवि बिगारेको भन्दै पोर्चुगिज अखबार कोर्रिओ डा मन्हा विरुद्ध लिगल एक्शन लिने निर्णय समेत गरेको छ ।