रोनाल्डो ‘रियल म्याड्रिडमा भन्दा म्यानचेस्टर युनाइटेडमा फर्कने सम्भावना बढी छ’

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हाल क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ भने उनी रियल म्याड्रिड फर्किन सक्नेको ’bout पनि धेरै कुरा हुने गरेको छ। तर रोनाल्डो रियल म्याड्रिडमा भन्दा म्यानचेस्टर युनाइटेडमा फर्कने सम्भावना बढी रहेको खबर छ।

युभेन्टस च्याम्पियन्स लिगबाट नकआउट भए पछि उनले क्लब छोड्न सक्ने चर्चा बढेको थियो र उनी रियलमा जान सक्ने धेरैको विश्वास थियो। तर इटालियन अखबार टट्टोसपोर्टले गरेको एक आकलनको अनुसार रोनाल्डोको सम्भावित गन्तव्य रियाल भन्दा युनाइटेड हुन सक्ने छ।

सो रिपोर्ट गरे अनुसार रियालले आफ्नो प्राथमिकता पेरिस सेन्ट-जर्मेन र फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेलाई दिने छ। २२ वर्षका स्टार साइन गर्न रियलले ठुलो खर्च गर्नु पर्ने हुने छ जसको कारण रोनाल्डो रियल भन्दा म्यानचेस्टर युनाइटेडमा फर्कने सम्भावना बढी रहेको खबर छ।

किलियन एम्बाप्पे र पिएसजी बिचको सम्झौता २०२२मा अन्त्य हुने छ र दुई बिच सम्झौता विस्तार भएको छैन र रियल उनलाई साइन गर्न धेरै इच्छुक छन्।