रोनाल्डो रियलमा फर्किने चर्चाबाट ला लिगाका अध्यक्ष उत्साहित

ला लिगाका अध्यक्ष जेभियर टेबास क्रिस्टियानो रोनाल्डो गर्मीमा रियलमा फर्कने सम्भावना देखेर उत्साहित छन्। युभेन्टसका सुपरस्टार रोनाल्डो रियलमा फर्किने धेरै चर्चा रहेको छ र रियलका कोचले पनि सो कुरा सम्भव रहेको भनेर सङ्केत गरे पछि फ्यानहरू उत्साहित छन् भने ला लिगाका अध्यक्ष जेभियर टेबास पनि सो कुराबाट खुसी हुने देखिन्छ।

स्पेनिस लिगका प्रमुख टेबासले सो बारे कुरा मार्का सँग कुरा गर्दै भने: “उनी सँग अझै पनि खेल बदल्ने क्षमता छ, उनी अझै एक जीनियस र स्टार खेलाडी हुन्। उहाँ म्याड्रिडमा बनेको मान्छे हुनुहुन्छ – यो सुन्दर हुनेछ। ”

पूर्व म्यानचेस्टर युनाइटेड स्टार म्याड्रिडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले केवल ४३८ खेलमा उल्लेखनीय ४५० गोल गरेका छन् भने लिग र च्याम्पियन्स लिगमा रेकर्ड बनाएका छन्।

हाल युभेन्टस च्याम्पियन्स लिगबाट नकआउट भए पछि रोनाल्डोले क्लब छोड्ने चर्चा हुँदै गरेको छ र उनी रियलमा फर्किन सक्ने बारे धेरै कुरा हुने गरेको छ।