हाल फुटबल स्टार क्रिस्टियाना रोनाल्डोको युभेन्टस भविष्यबारे धेरै चर्चा हुँदै गरेको छ। युभेन्टस च्याम्पियन्स लिगबाट नकआउट भए पछि रोनाल्डोले युभे छोड्न सक्ने र युभेले उनलाई बेच्न सक्ने धेरै कुरा चलेको छ भने उनी आफ्नो पूर्व क्लब रियल म्याड्रिड जान सक्ने पनि धेरै चर्चा छ।
‘You know how much love we have for him… he’s magnificent’ 🥰
Zinedine Zidane was asked if Cristiano Ronaldo could return to Real Madrid 👀 pic.twitter.com/hw6ZfhCBKx
— Goal (@goal) March 12, 2021
२०१८मा रोनाल्डो रियलबाट युभेमा £९९.२ मिलियनमा गएका थिए भने हाल उनी रियल फर्किने चर्चा हुँदै गर्दा रियलका कोच जिनेदिन जिदानले सो बारे बोलेका छन्।
पत्रकारहरूले रोनाल्डो रियल फर्किन सक्ने चर्चा बारे जिदानलाई प्रश्न गर्दा उनले जवाफ दिए: “सबैलाई थाहा छ उनी के हुन्, उनले के गरेका छन् र हामी उनलाई कति माया गर्छौँ।
Cristiano Ronaldo is being linked with a summer move away from Juventushttps://t.co/0VbUSLXNz1
— talkSPORT (@talkSPORT) March 12, 2021
“उनले यहाँ इतिहास बनाएका छन्, उनी उत्कृष्ट छन्।
“अब, उहाँ युभेका खेलाडी हुनुहुन्छ र उनीहरूले [मिडिया] के भनिरहेछन् भन्ने बारेमा म तपाईँलाई केही भन्न सक्दिन। उहाँ युभे खेलाडी हुनुहुन्छ र मैले यी कुराहरूको सम्मान गर्नुपर्छ।”