रोनाल्डो राष्ट्रिय टोलीमा फर्किने

रसिया विश्वकपपछि पोर्चुगल राष्ट्रिय टोलीबाट विश्राम लिएका रोनाल्डोले २०१९ मा नयाँ ढंगले राष्ट्रिय टोलीमा फर्किन आफू तयार रहेको घोषणा गरेका हुन्।

‘म २०१९ मा राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा फर्किन तयार छु र अवश्य पनि, यो मेरा लागि निकै सुन्दर कुरा हुनेछ ।’ रोनाल्डोले भने, ‘जसरी म अझै पनि क्लबका लागि सबथोक जित्न चाहन्छु, पोर्चुगलका लागि पनि सबथोक जित्न चाहन्छु ।’

रोनाल्डोले सहमतिअनुसारै आफू आधा सिजन राष्ट्रिय टोलीमा नरहेको समेत बताएका छन् । ‘यो समझदारी थियो कि, म आधा सिजन पोर्चुगिज टोलीमा हुनेछैन ।’ रुस विश्वकपको अन्तिम १६ मा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्डो टोलीबाहिर रहँदै आएका छन् ।