रोनाल्डो युभेन्टस छोड्न इच्छुक

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको भविष्य बारे हाल धेरै चर्चा हुने गरेको छ। हाल खबर अनुसार उनी युभेन्टस छोड्न इच्छुक छन् र ट्रान्सफर मार्केटमा उपलब्ध विकल्पमा उनले ध्यान दिने जानकारी छ। उनले युभे छोड्न सक्ने खबरहरू आउँदै गर्दा उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जान सक्ने धेरै चर्चा रहेको छ तर सिटीले उनलाई साइन नगर्ने जानकारी छ।

रोनाल्डोका एजेन्टले रोनाल्डोलाई सिटीमा प्रस्ताव गरेको जानकारी छ तर म्यान सिटी उनलाई साइन गर्न अनिच्छुक रहेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जानकारी गराएका छन्।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेज, सिटीका प्रतिनिधिहरू सँग सम्पर्कमा रहेका थिए र खबर अनुसार रोनाल्डोलाई साइन गर्न सिटीले युभेन्टसलाई €२५ मिलियन तिर्नु पर्ने हुने छ र उक्त शुल्क तिर्ने सिटीको इरादा नरहेको रोमानाले बताएका छन्।

३७ वर्षका सुपरस्टारको नयाँ क्लबबारे हाल धेरै चर्चा हुने गरेको छ भने उनी रियल फर्किने चर्चा भएको थियो जुन रियलका कोचले अस्वीकार गरेका छन् भने फ्रेन्च क्लब पिएसजी सँग पनि उनको नाम जोडिएको थियो भने म्यान सिटी उनको नयाँ क्लब हुन सक्ने खबर थियो तर हाल उक्त ट्रान्सफर सफल नहुने देखा परेको छ।

३७को उमेरमा पनि रोनाल्डोको खेल निकै राम्रो रहेको छ। गत सिजन सिरी एमा २९ गोलको साथ उनी शीर्ष स्कोरर बनेका थिए। हाल सम्म युभेमा रोनाल्डोले १३३ खेलमा १०१ गोल गरेका छन्।