रोनाल्डो युभेन्टस गएपछि क्लवले पायो यती धेरै सफलता

रियल मड्रिड छोडेर क्रिस्टियानो रोनाल्डो इटालिएन क्लव युभेन्ट्समा आवद्ध भएसँगै युभेन्ट्सको ऐतिहासिक सफलता हात पारेको छ । युभेन्ट्सको ब्राण्डले अहिले सम्मकै ऐतिहासिक सफलता हात पारेको हो । यो सँगै विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोको प्रभाव थप बढ्दै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युभेन्ट्स क्लवको कारोबार ६२ प्रतिशतले वृद्धि भएको थिएन । तर रोनाल्डो क्लवमा प्रवेश गरेपछि त्यसको रेसियो बढ्दै गएको छ । युभेन्ट्सको सेयरमा पनि ऐतिहासिक वृद्धि देखिएको समाचारमा उल्लेख गरिएको छ ।

यसअघि सन् २००२ मा १ दशमलव ३२ युरोले सेयर वृद्धि भएकोमा १ दशमलव ४७ युरोले सेयर वृद्धि भएको हो । इटालीको सेयर बजारमा गिरावट देखिएपनि युभेन्ट्सले आफ्नो कारोबार ६२ प्रतिशतले बढाएको छ । रोनाल्डोको आगमनसँगै युभेन्ट्सको कारोबार ६२ प्रतिशतले बढ्नु इतिहासकै उच्च विन्दु भएको बताइएको छ ।

रियल मड्रिडका स्टार रोनाल्डो अप्रत्याशित रुपमा मड्रिड छाड्दै १ सय १२ मिलियन युरोमा युभेन्ट्समा अनुबन्ध भएका हुन् । रोनाल्डोले सिरिएको ३ खेल खेलिसक्दा कुनै गोल गर्न सकेका छैनन् । यद्यपी उनको ब्राण्डले युभेन्ट्सको ब्राण्ड वृद्धिगर्न पुगेको विश्लेषकहरु प्रतिकृया दिएका छन् ।