२०१८मा क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टस आएका थिए। l £९९ मिलियनमा इटाली आएका रोनाल्डोको निकै राम्रो प्रदर्शन रहेको छ भने उनले क्लब सँग ११७ खेलमा ९० गोल गरेका छन्।
‘[Juventus] have done worse with [Ronaldo] than they’ve done before’
– Antonio Cassano, former Italy forwardhttps://t.co/gv7Qo25bKy
— RT Sport (@RTSportNews) February 27, 2021
तर पूर्व इटालियन फोवार्ड एन्टोनियो कासानोको विश्वास छ कि रोनाल्डो युभेन्टसमा सफल हुन सकेका छैनन्। च्याम्पियन्स लिगमा युभेको असफलतालाई लक्षित गर्दै कासानोले रोनाल्डोको आलोचना गरे।
“रोनाल्डो र युभे अर्को एक वर्ष सम्म सम्झौता रहेको छ, युभेले उनलाई च्याम्पियन्स लिग जित्न हस्ताक्षर गरे, तर उनी आए पछि पछि युभेको नतिजा राम्रो भएको छैन,” फुटबल इटालिया सँग कुरा गर्दै उनले भने।
“He has another year left in his contract, Juventus signed him to win the Champions League, but they have had worst results since he arrived. They would have won Serie A titles also without him. It was the wrong project.”
Antonio Cassano on Cristiano Ronaldo. pic.twitter.com/Vs0xjnRMJ0
— Mozzart Bet Kenya (@mozzartbetkenya) February 27, 2021
“युभेन्टसले रोनाल्डो बिना पनि लिग जित्दै आएको थियो। यो गलत परियोजना थियो। १२० वर्षको लागि, जित्ने कुरा मात्र युभन्टसमा महत्त्वपूर्ण थियो। यो अझै पनि एउटा दायित्व हो, तर युभेले आफ्नो सार्री र पिर्लोको साथ बदल्ने प्रयास गरे।
“रोनाल्डोलाई पिर्लोको विचारको सँग केही गर्नु छैन। रोनाल्डोले सजिलैसँग गोलहरू गर्न सक्छन् तर पिर्लो ब्याकबाट खेल निर्माण गर्न चाहन्छन्, उनी पिचमा खेलाडीहरूबाट दबाब चाहन्छन्। रोनाल्डोले खेलहरूमा निर्णय गर्न सक्छन्, तर उनी धेरै भाग लिँदैनन्। मलाई लाग्छ कि उनको युभेमा समय सफल रहेको छैन जब सम्म उनीहरूले च्याम्पियन्स लिग जित्न सक्दैनन्।”