
युभेन्ट्सका खेल निर्देशक फाबियो पाराटिसीले क्रिस्टियानो रोनाल्डोको भविष्यको बारेमा आफुले चिन्ता नगरेको जानकारी दिए र उनि अर्को सिजन युभेन्टसमै रहनेमा बिस्वस्त छन।
विभिन्न सन्चारमा युभेन्टसले रोनाल्डोलाई बेच्न सक्ने भनेर समाचारहरु आउदै गर्दा रोनाल्डो रियल म्याड्रिडमा फर्किन चाहेको अफवाह पनि चलेेेेको थियो।
यद्यपि, प्याराटीसीले रोनाल्डो युभेन्टसमा रहनेमा ढुक्क छन। उन्को सम्झौता २०२२ सम्म रहेको छ।
“उसको भविष्य यहि छ, म तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु” , ‘पराटिसिले मिररलाई भने,।
उनले थपे: “हरेक दिन खेलाडीहरु विभिन्न क्लबसंग नाम जोडेको हुन्छ तर हामी त्यसमा त्यति ध्यान दिदैनौं।’
रोनाल्डो आफ्नो क्यारियरको अन्तिम चरणमा भएको र युभेन्टसको आर्थिक आवस्थाको कारण देखाउदै पोर्तुगुइज स्टारले छोड्न सक्ने सम्भावना देखिएको थियो।
यद्यपि, ३५ बर्षे उमेर भएता पनि युभेन्टसमा रहदै आफुले अझै ठूलो प्रभाव पार्न सक्षम राखछन्, जुन शनिबार क्यागलियारीको बिरुद्ध २-०को जीतमा उनको दुई गोलले दर्शौद छ।
रोनाल्डोको जारी सिजनमा ५ खेलमा ८ गोल गरि सकेका छन।
उसले २०१८ मा युभेन्टसमा प्रवेश गरेसंगै दुइता सेरी ए को उपाधि र सुपरकोप्पा इटालियना जितिसकेका छन। उनी विशेष गरी युभेन्टसलाई च्याम्पियन्स लिग जितौन चाहन्छन।