रोनाल्डो युभेन्टसमा नै बस्न इच्छुक

एजेन्सी, इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लबलाई आफू अर्को सिजन युभेन्टसमै खेल्न चाहेको बारे जानकारी दिएका छन्। रोनाल्डो युभेन्टसमा अर्को वर्ष सम्मका लागि मात्र अनुबन्ध भएकाले उनले क्लब छाड्ने आंकलन गरिएको थियो।

३६ वर्षका रोनाल्डो २०२२ सम्म मात्र युभेन्टसमा अनुबन्ध छन्। त्यसपछि युभेन्टसले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा रोनाल्डोले यश ट्रान्सफर सिजन क्लब छाड्न सक्ने अनुमान लागाइनुका साथै फ्रेन्च क्लब पि.एस.जि र इङलिस क्लब म्यान्चेस्टर युनाइटेडलाई उनको सम्भावित गन्तव्यका रुपमा पनि लिइएको थियो। रिपोर्टका अनुसार रोनाल्डोले भने क्लबलाई आफू अर्को सिजन युभेन्टसमै खेल्न इच्छुक भएको जानकारी दिएका छन्।
रोनाल्डो २०१८ मा करिब १०० मिलियन युरोमा स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका थिए। उनले युभेन्टसका लागि १३३ खेलमा १०१ गोल गरि सकेका छन्।