“रोनाल्डो, मेस्सी भन्दा उत्कृष्ट छन् किनभने उनले आफूलाई नयाँ चुनौती दिन्छन्”

इंग्लिश रिपोर्टर पियर्स मोर्गनको विश्वास छ कि क्रिस्टियानो रोनाल्डो लियोनेल मेस्सीभन्दा उत्कृष्ट छन्।

उनको अनुसार रोनाल्डोले आफ्नो क्यारियर मा चार अलग लिगहरुमा खेलेका छन् र सफलता पनि पाएका छन् तर मेस्सी स्पेनमा मात्र सीमित भएका छन् ।

“म मेस्सीलाई हेर्छु र एउटा मान्छे देख्छु जो एउटै क्लबमा छन्, उनले कहिले पनि अन्तर्राष्ट्रिय चरणमा गरेको छैन, च्याम्पियन्स लिगमा पनि उनको रेकर्ड अन्तिम चरणमा गोल गरेको रोनाल्डोको जति राम्रो छैन।”

“तर रोनाल्डोले अन्तर्राष्ट्रिय मञ्चमा गरेका छन्, उनले चार देशमा खेलेका छन्, र उनी चार देशमै एक शानदार खेलाडी थिए। पोर्चुगल, बेलायत, स्पेन र अहिले इटाली।”

“रोनाल्डोले आफूलाई धेरै चुनौती दिए र हरेक लीगमा सफल भएका छन् मेस्सीले अहिले सम्म यस्तो गर्न सकेका छैनन्।”

“मेस्सी एउटै क्लबमा छन्। उनले जोखिम लिएका छैनन्, र कहिले पनि बार्सा छोडेनन्। “