रोनाल्डो- “मलाई थाहा छै बुफन किन विवाद गर्दै थिए”

रियल मेड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले बुधबार राती च्याम्पियन्स लिगको क्वाटरफाइनलतर्फ दोस्रो लेगमा खेलको अन्तिम समयतिर रियलले पाएको पेनाल्टीमा युभेन्ट्सका खेलाडीले विरोध गर्नुको कारण आफूलाई थाहा नभएको दावी गरेका छन् ।

युभेन्ट्सको घरेलु मैदान टुरिनमा भएको पहिलो लेगमा ३–० ले जित हात पारेको रियलले घरेलु मैदान बर्नबेयुमा भने युभेन्ट्ससँग पराजय बेहोरेको थियो । दोस्रो लेगमा युभेन्ट्सले खेलको अन्तिमसम्म ३–० को अग्रता हासिल गर्दै खेललाई अतिरिक्त समयतर्फ लैजानेतिर विश्वस्त थियो ।

तर युभेन्ट्सका मेहदी बेनटियाले लुकास भाजक्वेजलाई डिबक्स भित्र धकेल्नु र त्यसलाई रेफ्रीले देख्नु युभेन्ट्सको यात्रा क्वाटरफाइनलबाटै टुंगिनुको कारण बन्न पुग्यो । रेफ्री माइकल ओलिभरले रियललाई पेनाल्टी दिएपछि त्यसको सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए । जुन गोलसँगै रियलले समग्रमा ४–३ को अग्रता हासिल गर्दै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

रेफ्रीको यो निर्णयप्रति युभेन्ट्सका गोलरक्षक जियानलुईजी बुफोनले प्रतिवाद गर्दा उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । चर्चित फुटबल साईट गोलका अनुसार रोनाल्डोले युभेन्ट्सका खेलाडीहरुले सो पेनाल्टीलाई लिएर विवाद गर्नुको कारण बुझ्न सकिरहेका छैनन् ।

खेलपश्चात मिडियासँग कुराकानी गर्दै रोनाल्डोले भनेका छन् “मलाई वास्तव मै थाहा छैन उनीहरुले पेनाल्टीलाई लिएर किन विवाद गर्दै थिए । यदि उनीहरुले फाउल नगरेको भए भाजक्वेजले गोल गर्ने थिए । हामी खुशी छौं कि हामीले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयौं ।”

उक्त खेलको निर्णायक गोल गर्नु अघि रोनाल्डो कुल अवस्थामा थिए । उनी भन्छन् “मैले आफूले आफैलाई आश्वस्त पार्नु परेको थियो । मैले गोल गर्न सकेकोमा भगवानलाई धन्यवाद ।”