रोनाल्डो भन्दा धेरै गोल गर्न म सक्दिन- हाजार्ड

चेल्सीबाट म्याड्रिडमा अनुबन्धित भएदेखि हाजार्डले १२ खेल खेलिसकेका छन जस्मा उन्ले एक गोल र चार अस्सित गरे।

उनले रोनाल्डोको स्थान लिने विश्वाश गरेको थियो तर पोर्चुगलका स्टारसँग तुलना गर्न उन्ले चाहेनन।

“जब म मैदानमा प्रवेश गर्छु, मलाई लाग्दैन कि क्रिस्टियानो मेरो भन्दा अघी थियो र मैले उहाँभन्दा राम्रो गर्नै पर्छ,” उनले भने।

“म क्रिस्टियानो रोनाल्डो भन्दा बढी गोल गर्न सक्दिन त्यो निश्चित छ। तर म जे गर्न सक्छु त्यो भने गर्छु।

“वास्तवमा भन्ने हो भने, म यहाँ आइपुग्दा अझ जटिल भएको थियो पहिलो खेल आउन २-३ दिन अघी म घाइते भए र पूर्ण रुपमा निको हुन ४ हप्ता लाग्यो। यसले मेरो तयारीमा ढिलाइ गर्यो।”

“मान्छेहरू सही थिए [भन्नका लागि म बढी तौल भएको थिएँ। म ३ हप्ताको छुट्टीबाट मनाएर आए र रमाईलो भयो। म सधैं खेलाडी हुँ जसले छुट्टीमा थोरै आराम गर्छ।

“मलाई थाहा थियो कि रियालमा मलाई चेल्सी भन्दा बढी आलोचना गरिन्छ, तर त्यो कुनै समस्या होइन।”