“रोनाल्डो भन्दा मेस्सी राम्रो”- डि मारिया

पिएसजीका स्टार विंगर डि मारियाले क्लबका नयाँ स्टार मेस्सीको प्रशंसा गरेका छन्। डि मारिया र मेस्सी अर्जेन्टिना राष्ट्रिय टिमको टिम मेट हुन् भने क्लब स्तर दुई पहिलो पटक सँगै खेल्दै छन् र डि मारियाले रोनाल्डो सँग पनि खेलेका छन् तर हाल मेस्सी धेरै राम्रो रहेको उनले दाबी गरेका छन्।

क्लबमा मेस्सीको आगमन बारे बोल्दै डि मारियाले मेस्सीको प्रशंसा गरे भने उनी रोनाल्डो भन्दा राम्रो रहेको पनि उनले दाबी गरे।

टिवाईसी स्पोर्ट्स सँग कुरा गर्दै डि मारियाले भने: “मेस्सी अर्को ग्रहबाट आएका हुन्। तपाईँले उनको अगाडी ढुङ्गा फ्याँके पनि उनले त्यसलाई बललाई जस्तै नियन्त्रण गर्न सक्छन्, उनले डिफेन्डरहरूलाई केही नभएको जस्तो पछि पार्छन्। मैले यस्तो कहिल्यै देखेको छैन।

 

“म क्रिस्टियानो, नेमार, एम्बाप्पे, रुनी, भान पर्सी, इब्राहिमोविच, बेन्जेमा, बेल जस्ता खेलाडीहरू सँग खेलेको छु तर मैले उनी जस्तो केही देखेको छैन।

“खेलाडीको गुणस्तर र मात्रा पिएसजीमा अब अद्वितीय छ। यस्तो टिम अक्सर एक क्लबमा मात्र हुँदैन।

“पक्कै पनि क्रिस्टियानो यहाँ हुन इच्छुक हुने थिए, तर पिएसजीले मेस्सी ल्याए र उनी झन् राम्रो छन्”