‘रोनाल्डो भन्दा मेस्सी धेरै प्रतिभाशाली’ – रियल म्याड्रिड लेजेन्ड

रियल म्याड्रिडका लेजेन्ड गुट्टिका अनुसार क्रिस्टियानो रोनाल्डो भन्दा लियोनेल मेस्सी प्रतिभासाली खेलाडी हुन् र भने मेस्सीले हरेक खेलमा उत्कृष्ट प्रदर्सन गरेको हुन्छ ।

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी मध्य कुन उत्कृष्ट खेलाडी हो भन्ने कुरा सधै झै बहसको विषय बनेको छ ।

रियलका लेजेन्ड गुट्टि रियल म्याड्रिडसंग बलियो सम्बन्ध रहेपनि, प्रतिभाको मामिलामा बार्सिलोनाका स्टार मेस्सीको पक्ष हुन्छन् ।

१५ वर्ष रियल म्याड्रिडमा बिताएका गुट्टिले केहि समय अघि पनि मेस्सीको पक्षमा बोल्दा रियलका समर्थकहरु द्वारा आलोचित हुन पुगेका थिए ।

तर, गुट्टि आफ्नो त्यस निर्णयमा खडा छन् ।

गुट्टि, जो हाल स्पेन्सी सेगुन्डा डिभिजन क्लबको प्रशिक्षक हो, सबैभन्दा उत्कृष्ट खेलाडीको लाग्छ भन्ने प्रस्न गर्दा उनले, “मलाई एउटा मात्रै खेलाडी थाहा छ जो हरेक खेलमा उतिकै उत्कृष्ट र निर्णायक हुन्छ, त्यो हो मेस्सी,” भने ।

“जब उनी मैदानमा खेल्छन् केहि न केहि हुन्छ । अरु खेलाडीहरुको धेरै तल माथी हुन्छ ।”

गुट्टिले थपे, “हो मैले मेस्सी उत्कृष्ट हो भनेर ट्विट गरे तर, रोनाल्डो विश्व फुटबलमा एकदमै महत्वोपुर्ण खेलाडी हो र उनले जे गरेको छ त्यसको म एकदमै सम्मान गर्छु । उनी एकदमै महान खेलाडी हुन् ।

“मेस्सी धेरै प्रतिभाशाली खेलाडी हुन् र रोनाल्डो एक गोलस्कोरर हुन, धेरै महत्वाकांक्षा र स्वनिर्मित खेलाडी हुन् ।

“रोनाल्डोले रियललाई धेरै उपाधीहरु जिताउन मद्दत गरे र निकै महत्त्व खेलाडी थिए । रियलले रोनाल्डोलाई धेरै मिस गरिरहेको छ ।”