रोनाल्डो बिना युभेन्टस कमजोर रहेको चेल्सीका कोच टुचेलको दाबी

चेल्सीका प्रशिक्षक थोमस टुचेलले क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा बेच्दा युभेन्टसलाई चोट लागेको बताएका छन्। चेल्सीले च्याम्पियन्स लिगको ग्रुपको दोस्रो खेलमा युभेन्टसको सामना गर्दै छ र उक्त खेल अगाडीको पत्रकार सम्मेलनमा उनले रोनाल्डो बिना युभेन्टस केही कमजोर हुने बताए।

“समयले बताउनेछ, तर मलाई लाग्छ कि यो कुनै रहस्य होइन कि क्रिस्टियानो बिना संसारको कुनै पनि टिम कमजोर हुन्छ किनकि उनी यो म्याच खेल्ने सबैभन्दा महान् मध्येका एक हुन्, उनीहरूले एक ठुलो च्याम्पियन र एक ठुलो व्यक्तित्व गुमाए,” टुचेलले भने।

“तर तपाईँ खेलहरू जित्न सक्नुहुन्छ र क्रिस्टियानो रोनाल्डो बिना पनि एक बलियो टोली बन्न सक्नुहुन्छ। उनीहरूसँग धेरै अनुभव र एक राम्रो कोच सँग धेरै प्रतिभा छ।

“उनीहरू धेरै अनुभवी छन् र च्याम्पियन्स लीगको अनुभवको साथ युभे एक ठुलो क्लब हो। उनीहरू लाई केही समस्याहरू थिए र सिजनमा लिगमा युभेको नराम्रो सुरुवात भए पनि च्याम्पियन्स लीगमा युभे सँग धेरै मौका छ।”

चेल्सीले च्याम्पियन्स लिगको ग्रुप एचको दोस्रो खेल युभेन्टस सँग अवेमा नेपाली समय अनुसार बुधवार रति १२:४५ बजे खेल्ने छ।