रोनाल्डो बिना को रियलमा दर्शकको संख्या अचम्म तरिकाले घत्यो

ला लिगाको नयाँ नयाँ सिजन २०१८–१९ तर्फ आइतबार राती सान्टियागो बर्नबेयुमा सम्पन्न रियल मेड्रिड र गेटाफेबीचको खेल हेर्न निकै कम मात्रामा दर्शकहरु स्टेडियममा पुगेका थिए ।

यसो हुनुको कारण रियल र गेटाफेबीचको खेल नभएर रियलका पूर्व खेलाडी क्रिष्टियानो रोनाल्डो नहुनुले थियो ।
आइतबार डानी कार्वाहल र वेल्श विंगर गारेथ बेलले एक–एक गोल गरेपछि रियलले सो खेलमा गेटाफेमाथि २–० को जित हात पारेको थियो । यद्यपि त्यो खेल हेर्न बर्नबेयुमा केवल ४८,४६६ दर्शकहरुमात्र उपस्थित थिएन ।

चर्चित फुटबल साईट गोलका अनुसार बर्नबेयुमा रियलले फाइनल होम गेममा यस किसिमको दर्शक संख्या अन्तिमपटक सन् २००८–०९ को सिजनका बेला देखेको थियो । त्यसअघि रियलले लगातार पाँच खेल हारिसकेको थियो र त्यो हारको शुरुवात बार्सिलोनासँग एल क्लासिको हारेपछि शुरु भएको थियो ।