रोनाल्डो बालोन डी’ओरका पुन दावेदार

मड्रिड छाडेर युभेन्ट्स प्रवेश गरेसंगै रोनाल्डोले पुरानै छाप बनाउन सक्ने कि नसक्ने भन्ने हर फुटबल प्रेमीमा कौतुहलता थियो र हाल रोनाल्डो व्यक्तिगत फुटबल पुरस्कार बालोन डी’ओरका पुन दावेदार बनेका छन् । रोनाल्डो मेस्सीले बालोन डी’ओरमा हक जमाइरहदा मड्रिडका लुका मोद्रिचले २०१८को पुरस्कार जितेका थिए ।

च्याम्पियन लिग आयक्स विरुद्धको खेलबाट युभेन्ट्स बाहिरिएको थियो तर ३४ बर्ष भैसकेका फुटबलर रोनाल्डो अझै टुरिनमा उत्कृस्ट साबित रहे । इटालीमा गएसंगै सुपर कोपा इटालीया जित्नुको साथै लिग कप समेत जितेका थिए ।

रोनाल्डोले देशका निम्ति यूरो कप पश्चात पुन प्रथम नेसन्स लिग समेत जिताउन सफल भएका थिए । उनले विश्व ठुला फुटबल टुर्नामेन्ट विश्व कप, यूरोपियन च्याम्पियनसिप, कन्फेडेरेसन कप एब नेसन्स लिग यी सबै खेलमा गोल गरेका छन् ।

हाल बलोन डी’ओरमा प्रमुख दावेदार नेदरल्याण्डका भ्यान डाइक पबनेका छन् उक्त पश्चात सुचीमा रोनाल्डो र मेस्सी दावेदारको सुचीमा छन् । मेस्सीको कोपा अमेरिका हारले बालोन डी;ओर प्रमुख दावेदार बन्ने मौका गुमाउन पुगे ।

रोनाल्डोले भनेका थिए – ‘म अझै व्यक्तिगत अवार्डको प्रमुख हु, टिम ट्रफी यस बर्ष मैले प्राप्त गरेको छु र त्यो विशिष्ट छ !’