रोनाल्डो बने इन्स्टाग्राममा २०० मिलियन फ़ॉलोअर्स पुग्ने पहिलो व्यक्ति

क्रिस्टियानो रोनाल्डो सबै भन्दा बढी इन्स्टाग्राममा फ़ॉलोअर्स भएको व्यक्ति बनेका छन्।

युभेन्टस र पोर्तुगालका स्टार क्रिस्टियानो रोनाल्डो बुधवार इन्स्टाग्राममा २०० मिलियन फ़ॉलोअर्स पुरा गर्ने पहिलो व्यक्ति बने।

पोर्तुगालका फारवर्डले उक्त क्रममा – अमेरिकी संगीतकार र अभिनेत्री एरियाना ग्रान्डेलाई पछि परे र उनले उक्त उपलब्धिमा आफ्नो फ्यानहरुलाई धन्यवाद भन्दै एक पोस्ट गरे।

 

View this post on Instagram

 

Wow 200 million!!! Thank you to each and every one of you for sharing this journey with me every day!!👏🏽❤️

A post shared by Cristiano Ronaldo (@cristiano) on

सामाजिक संजालमा उनलाई धेरैले बधाई दिए।

रोनाल्डो जुलाई २०१८ मा स्पेनको म्याड्रिडबाट टुरिन, इटाली सरे। अक्टुबर २०१८ देखि रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा फ़ॉलोअर्स भएको व्यक्ति बनेका थिए, त्यो बेला उनले गायक र अभिनेत्री सेलेना गोमेजलाई पछि परेका थिए।