रोनाल्डो प्रिमियर लिगमा फर्किन सक्ने

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको भविष्य बारे हाल धेरै चर्चा हुने गरेको छ र खबर अनुसार उनी प्रिमियर लिगमा फर्किन सक्ने छन्। हाल खबर अनुसार उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जान सक्ने छन्।

रोनाल्डोका एजेन्टले रोनाल्डोलाई सिटीमा प्रस्ताव गरेको धेरै चर्चा भएको थियो भने हाल उनका एजेन्ट म्यान सिटी सँग वार्तामा रहेको जानकारी छ। युभेन्टस र रोनाल्डो बिचको सम्झौता १० महिना मात्र बाँकी रहेको छ भने रोनाल्डोले हाल सम्म युभे सँग सम्झौता विस्तार गरेका छैनन्।

खबर अनुसार रोनाल्डोका एजेन्ट जर्ज मेन्डेज, सिटीका प्रतिनिधिहरू सँग सम्पर्कमा छन्।

३७ वर्षका सुपरस्टारको नयाँ क्लबबारे हाल धेरै चर्चा हुने गरेको छ भने उनी रियल फर्किने चर्चा भएको थियो जुन रियलका कोचले अस्वीकार गरेका छन् भने फ्रेन्च क्लब पिएसजी सँग पनि उनको नाम जोडिने क्रम जारी रहेको बेला म्यान सिटी उनको नयाँ क्लब हुन सक्ने खबर छ।

 

३७को उमेरमा पनि रोनाल्डोको खेल निकै राम्रो रहेको छ। गत सिजन सिरी एमा २९ गोलको साथ उनी शीर्ष स्कोरर बनेका थिए। हाल सम्म युभेमा रोनाल्डोले १३३ खेलमा १०१ गोल गरेका छन्।