“रोनाल्डो दु: खी देखिन्थे”

युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा नेपोलीले युभेन्टसमाथि पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि हात पारेकाे थियो ।

युभेन्टसका विंगर जुआन क्वाड्राडोले हार पछि युभे खेलाडीहरु दुखि भएको बारे बताए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थप समय नखेलाई सोझै पेनाल्टीमा लगिएको थियो । खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुगेको थियो।

“हामी त्यहाँ खेल जित्ने चाहना लिएर गयौं, तर नेपोलीले ११ जना खेलाडीको साथ डिफेन्ड गरे र खाली ठाउँ खोज्न गाह्रो भयो,” कुआड्राडोले आरआई स्पोर्टलाई भने।

“हामी अब अगाडि हेर्नुपर्नेछ, किनभने हामीसँग सिरी ए र च्याम्पियन्स लिग बाकी छ।

अन्तिम सीटी पछि क्रिस्टियानो रोनाल्डोको आक्रोश बारे पनि क्वाड्राडोले बोले।

“त्यो खेल हामी जित्न चाहन्थ्यौं, नतिजा र खेलले रोनाल्डो थोरै दु: खी थिए।

यो सँधै लटरी जस्तो हुन्छ जब खेल पेनल्टीमा जान्छ। हामीले हरेक त्रुटिबाट पाठ सिक्नुपर्दछ, पेशेवर रहनु पर्छ र ध्यान केन्द्रित गर्नुपर्दछ। “