रोनाल्डो दिएर नेमार साइन गर्न युभेन्टस इच्छुक

युभेन्टस आफ्नो स्टार क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार रहेको खबर रहेको छ र पिएसजी रोनाल्डो साइन गर्न इच्छुक रहेको बेला युभेन्टस रोनाल्डो दिएर नेमार साइन गर्न इच्छुक रहेको खबर छ।

रोनाल्डो र युभेन्टस बीचको सम्झौता २०२२ सम्म रहे पनि अर्को सिजन युभेले उनलाई बेच्ने कुरा छ र खबर अनुसार युभेन्टसको योजना नेमार साइन गर्ने रहेको छ।

५ पटकका बालोन डि’ओर विजेता रोनाल्डोको प्रदर्शन युभेन्टसमा निकै राम्रो रहे पनि युभेले उनलाई बेच्ने निर्णय लिने कुरा रहेको उनले युभे संग २ पटक लिग जितेका छन्। युभेन्टसको नयाँ लक्ष्य भने पिएसजीका नेमार रहेका छन्।

पिएसजी र नेमार बीच सम्झौता विस्तारको वार्ता हुदै गर्दा युभेले आफ्नो चासो स्पष्ट गरेको छ। युभेन्टस रोनाल्डो दिएर नेमार साइन गर्न इच्छुक रहेको पनि खबर छ। पिएसजीले रोनाल्डो उपलब्ध भए साइन गर्न प्रयास गर्ने कुरा स्पष्ट गरेको छ भने नेमारलाइ क्लब छोड्न दिने बारेमा पिएसजीले केहि कुरा खुलाएको छैन।