‘रोनाल्डो कुनै पनि समयमा खेल परिवर्तन गर्न सक्षम छन्’

सिमोन इन्झाघीले स्वीकार गरे कि सुपरकोपा इटालियाना फाइनलमा क्रिस्टियानो रोनाल्डोले लाजियोको लागि खतरा बन्न सक्छन।

उनले जोड दिए कि उनको टीम “परिपूर्ण” हुनु पर्छ यदि परिचित दुश्मन युभन्टसलाई जित्ने हो भने।

युभेन्टसले आज राती सुपरकोपा इटालियाना फाइनलमा लाजियो संग खेल्ने छ।

पछिल्लो पटक युभेले लाजियोको सामना गर्दा एक मात्र गोल रोनाल्डोले गरेका थिए र कोच सिमोन इन्झाघीलाई थाहा छ कि उनि कतिको खतरनाक खेलाडी हुन् र उनको प्रतिभा कस्तो छ।

“उनी एक च्याम्पियन हुन्, उनले खेल कुनै पनि समयमा परिवर्तन गर्न सक्दछन,” इन्जाघीले शनिबार प्रेस सम्मेलनमा रोनाल्डोको बारेमा भने।

“कागजमा युसँग धेरै उत्कृष्ट टिम भए पनि पीचमा हुने कुरा महत्त्वपूर्ण हो, सम्भाव्यता रहेको हामी होसियार हुनुपर्छ, ।”