रोनाल्डो कि मेस्सी, प्रश्न गर्दा विश्वकप विजेता मोर्गानको येस्तो जवाफ

अमेरिकालाई भर्खरै सम्पन्न फिफा महिला विश्वपकको उपाधि दिलाउन सफल खेलाडी एलेक्स मोर्गानले अर्जेन्टिनी कप्तान लियोनल मेस्सी उत्कृष्ट भएको बताएकी छन् । ३० वर्षीय मोर्गानले इएसपीएनसँगको कुराकानीमा पोर्चुगज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट भएको बताएकी हुन् ।

मेस्सी कि रोनाल्डो ? भन्ने प्रश्नमा अमेरिकी राष्ट्रिय महिला फुटबलकी उपकप्तान मोर्गानले भनेकी छन्, ‘म मेस्सी नै भन्न चाहान्छु, उनी धेरैभन्दा धेरै उत्कृष्ट छन् । मैले देखेका अन्य खेलाडीको तुलनामा उनी एक उच्चस्तरका खेलाडी हुन् । मेस्सी वास्तवमै रोमाञ्चक खेलाडी हुन् ।’