लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोसँगको आफ्नो कडा प्रतिस्पर्धालाई केहि समयको लागि बेवास्ता गर्दै उनको प्रशंसा गरेका छन्।
बार्सिलोनाका ३२वर्षीय कप्तानको युभेन्टस सुपरस्टार रोनाल्डोसँग मैदानमा चर्को प्रतिस्पर्धा रहेको छ।
एक रिपोर्टरले मेस्सीलाई यदि उनि रोनाल्डो संग एकै टिममा खेले भने आफुले रोनाल्डोलाई पास दिने वा नदिने भनेर प्रस्न गरे।
Lionel Messi admits he’s not surprised by the record-breaking scoring run by Cristiano Ronaldo at Juventus. “It’s normal that he continues to score, he is a predatory striker, he loves to score, any day he plays he will score,” Messi. pic.twitter.com/j5qa2GgiHL
— SupabetsUganda (@Supabets_Uganda) February 20, 2020
उनले अन्ततः उनले रोनाल्डोलाई पास दिने कुरा स्वीकारे। “मलाई लाग्छ, अन्तमा म उनलाई खेलमा पक्कै पास दिने छु,” उनले स्पेनी अखबार मुन्डो डेपोर्टिभोलाई भने।
यस महिना ३५ वर्ष पुगेका रोनाल्डोको राम्रो प्रदर्शन जारी रहेको छ भने उनले यस सिजनमा २९ खेलमा २४ गोल गरेका छन्।
Messi: “It is normal that Cristiano Ronaldo continues to score, he is a predatory striker, he loves to score goals, he will score every time he plays. He has many qualities as a striker, he scores at the smallest chance that he has.” pic.twitter.com/LhNJbnFjUN
— Juventus News – Juvefc.com (@juvefcdotcom) February 20, 2020
मेस्सीले युभेन्टसको लागि हालसालै गरेको प्रदर्शनमा रोनाल्डोको प्रशंसा गरे र उनलाई एक “सिकारी स्ट्राइकर” भने।
“उहाँसँग अग्रगामीको रूपमा धेरै राम्रा गुणहरू छन् र न्यूनतम मौकालाई गोलमा रूपान्तरण गर्छन।”
दुई खेलाडी बीचकि प्रतिस्पर्धी बावजुद दुई खेलाडीले एक अर्काको प्रशंसा गर्ने गरेका छन् ।