रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाईटेड बिरुद्ध खेल्दै; आज हुने सबै खेलहरु नेपाली समयमा

आज युरोपका ठुला क्लबहरु रियल मड्रिड, युभेट्स, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, वायर्न म्युनिख लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् । आज इटालियन क्लब युभेन्ट्सले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल राति १ः४५ बाट सुरु हुनेछ ।

म्यान युलाई नकआउट चरणमा प्रवेश गर्न युभेन्ट्सविरुद्ध जित्नै पर्ने दबाव छ । समूह ‘एच’ को शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३ खेलबाट ९ अंक जोडेको छ । म्यान युनाइटेड ४ अंक सहित दोस्रो स्थानमा छ । आज म्यान युनाइटेडले हार व्यहोरेमा र अर्को खेलमा भ्यालेन्सियाले जित निकालेमा म्यान युनाइटेड समूह चरणबाट बाहिरिने खतरा बढ्ने छ । म्यान युनाइटेडले समूह चरणको तेस्रो खेलमा युभेन्ट्ससंग घरेलु मैदानमै १ – ० को हार व्यहोरीसकेको छ । म्यान युनाइटेड घरेलु मैदानमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यता, युभेन्ट्स सिजनको पराजित यात्रा कायम राख्न चाहन्छ । र, दुई खेल अगाबै नकआउट चरणमा पुग्न चाहन्छ । युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ रहनेछ । जसले ६ बर्ष ओल्ड ट्राफोर्डमा बिताएका थिए ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेनुहोस:

CSKA Moskva 23 : 40 Roma

Valencia 23 : 40 Young Boys

Bayern München 01 : 45 AEK Athens

Benfica 01 : 45 Ajax

Olympique Lyonnais 01 : 45 Hoffenheim

Manchester City 01 : 45 Shakhtar Donetsk

Viktoria Plzeň 01 : 45 Real Madrid

Juventus 01 : 45 Manchester United