रोनाल्डो आएपछि रासफोर्ड र ग्रीनवुडको फर्म खस्किएको पूर्व फुटबल स्टारको दाबी

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो पछिल्लो खेलमा न्यूक्यासल युनाइटेड सँग १–१ गोलको बराबरी खेलेको थियो र उक्त खेल पछि युनाइटेडको प्रदर्शनको आलोचना भएको थियो भने पूर्व फुटबल स्टार र हाल फुटबल पण्डित गेब्रियल अग्बोनलाहोरले युनाइटेडका सुपरस्टार रोनाल्डोको आलोचना गरेका छन् भने उनको कारण युनाइटेडका युवा खेलाडीहरूमा असर गरेको उनले दाबी गरे।

यो सिजन युभेन्टसबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आएका फुटबल सुपरस्टार रोनाल्डोले १८ खेलमा १३ गोल गरेका छन् तर उनको आगमनले क्लबमा खेलाडीहरू बिचको एकतामा असर गरेको अग्बोनलाहोरले दाबी गरे।

“यस्तो देखिन्छ कि रोनाल्डोले आफ्नो गोलको मात्र ख्याल राख्छन्,’ एग्बोनलाहोरले फुटबल इनसाइडर सँग कुरा गर्दै भने।

“न्यूक्यासल विरुद्ध रोनाल्डोको त्यो प्रदर्शन एक रिसाएको व्यक्तिको जस्तो थियो।

‘उनले गोल गर्ने मौका नपाएकाले हात माथि गर्दै इशारा गर्दै थिए।खेल पछि, उहाँ पिचबाट रिसाउँदै गए र म कल्पना गर्छु कि उहाँ चेन्जिङ रुममा रिसाउँदै थिए होला।

“उनको मनोवृत्ति राम्रो थिएन । यदि म राशफोर्ड, ग्रीनवुड र सान्चो भएको भए मलाई सट लिन डर लाग्ने थियो होला। जति पटक उनीहरूले सट हाने रोनाल्डो आफ्नो हात उठाएर, “तिमीले मलाई किन पास गरेनौ? भन्दै देखिन्थे”

“त्यो चेन्जिङ रुममा मेलमिलाप ठिक छैन। रोनाल्डो आएपछि रासफोर्ड र ग्रीनवुडको फर्म खस्किएको छ ।

“उनीहरूले आफूलाई अभिव्यक्त गर्न सक्दैनन्, उनीहरूले यस्तो सोचेको जस्तो छ, “मैले रोनाल्डोलाई पास गर्नुपर्छ, मैले रोनाल्डोको लागि मौका सिर्जना गर्नुपर्छ”।

“रोनाल्डो आउनुअघि ग्रिनवुडले धेरै सट प्रहार गर्थे अब उनी त्यसो गर्दैनन्।

‘यदि म राशफोर्ड, ग्रीनवुड वा सान्चो भएको भए म आफैँलाई भन्ने थिएँ, ” हामीले रोनाल्डोलाई किन साइन गर्‍यौँ?”

‘उनी अद्भुत खेलाडी हुन् जसको करियर उत्कृष्ट छ तर उनी हाल पहिले जस्तो खेलाडी होइनन् । रोनाल्डो बेन्चमा हुँदा युनाइटेडले चेल्सीविरुद्ध सिजनको उत्कृष्ट फुटबल खेल्यो।