‘रोनाल्डोसंग सल्लाह गरेर मैले युभेन्ट्स छोडे’

युभेन्टसका पूर्वखेलाडी मोइसे किनले आफ्ना पूर्वसहकर्मी तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको आग्रहमा आफू इभर्टन गएको खुलासा गरेका छन् । हालै एक अन्तर्वाताको क्रममा युवा स्ट्राइकर किनले आफू रोनाल्डोको आग्रहमा इंग्ल्याण्ड गएको बताएका हुन् ।

किन हालै मात्र युभेन्टसबाट प्रिमियर लिग क्लब इभर्टन गएका हुन् । यसै महिना मात्र इभर्टन गएका उनलाई पोर्चुगिज स्टार खेलाडी रोनाल्डोले आफ्नो सपना पूरा गर्नका लागि इंग्ल्याण्ड जान आग्रह गरेका थिए । सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसमा रहँदा यस सिजन ६ गोल गरेका उनले आफू रोनाल्डोको आग्रहपछि इभर्टन गएको बताएका हुन् ।

आफू रोनाल्डोको सहयोगमा नै इंग्ल्याण्ड गएको बताउँदै उनले भने, ‘मलाई प्रिमियर लिग धेरै नै मन पर्छ, यसैकारणले मैले प्रिमियर लिग पछ्याएको हुँ । मैले यस विषयमा रोनाल्डोसँग कुरा गरेको थिएँ । र, उनले मलाई आफ्नो सपना पूरा गर्नका लागि इंग्ल्याण्ड जान र कडा मेहनत गर्न सुझाव दिए ।’

‘मलाई प्रिमियर लिगमा सबैभन्दा धेरै इभर्टन मन पर्दथ्यो,’ उनले थपे, ‘यसैले मैले यहाँ आउने निर्णय गरेँ। मैले आफूलाई इभर्टनसमक्ष समर्पित गर्छु । इभर्टनमा मलै आफ्नो भविष्य देखेको छु ।’