“रोनाल्डोलाई आफ्नो टिम-मेट वा इटालियनहरु प्रति कुनै सम्मान छैन”

पुर्व युभेन्टस डिफेन्डर पासक्वाले ब्रुनोले रोनाल्डोको आलोचना गरेका छन्। रोनाल्डोले इटालियन भाषा सिक्न नसकेकोमा पुर्व स्टार डिफेन्डर ब्रुनोले उनको आलोचना गरेका छन् – दुई वर्ष टुरिनमा बिताए पनि अहिले सम्म इटालियनको एक शब्द नसिकेको भनेर रोनाल्डो माथि उनले आलोचना गरेका छन्।

इटालियन फुटबल शो टिकी टाकामा बोल्दै ५८ बर्षेका ब्रुनोले भने: “उनी अज्ञानी छन्।

“उनी इटालीमा आएका दुई बर्ष भइसकेको छ र उनले अझै हाम्रो भाषा बोल्न सिकेका छैनन्।

“उनी स्पेनिश भाषा प्रयोग गर्छन्। उनीसँग आफ्ना टिम-मेट वा इटालीवासीहरूप्रति कुनै सम्मान छैन।”

३५ वर्षीय स्टारको युभेमा पनि उत्कृष्ट प्रदर्शन जारी छ गत दुई सिजनमा उनले युभेको लागि ५२ गोल गरेका छन् भने लिग पनि जितेका छन्।

पाँच पटकका बलोन डि’ओर विजेता रोनाल्डो कोरोनाभाइरसबाट निको भए पछि आइतबार खेलमा फर्के र आफ्नो पहिलो खेलमै उनले २ गोल गरे।