रोनाल्डोले £८.५ मिलियनको बुगाटी सेन्टोडेसी किनेर सिरी ए जितको खुसी मनाए

क्रिस्टियानो रोनाल्डोले युभेन्टस संग अर्को लिग जिते पछि आफूलाई नयाँ बुगाटी किनेका छन्।

पाँच पटकका बलोन डि’ओर विजेताले लिगमा ३१ गोल गर्दै आफ्नो टिमलाई उपाधि जित्न मदत गरे र उनले जितको खुसीमा आफ्नो लागि नयाँ गाटी सेन्टोडेसी किनेका छन्।

£८.५ मिलियन खर्च गरेर आफ्नो लक्जरी कार संग्रहमा नयाँ कार थपेका छन्। ८लिटरको W16 ईन्जिन र १६०० होर्सपावर भएको उक्त सुपर कारको शीर्ष गति २३६ माइल प्रति घण्टा तहेको छ ।

उक्त कारको केवल १० मोडेलहरू मात्र बनेका छन्, त्यसैले यो सुपरकार वास्तवमै ‘लिमिटेड एडिसन’ को परिभाषा हो।

रोनाल्डो बुगाटीका नियमित ग्राहक हुन् उनि संग बुगाटीका अरु कार- चिरोन, भेयरोन र ला वुएटर नोइर पनि छ। पछिल्लो वर्ष उसले १८ मिलियन सुपर कारहरुमा खर्च गरेका थिए।

रोनाल्डोको स्वामित्वमा रहेका अन्य उल्लेखनीय सुपरकारहरूमा फरारी F430, फान्टम रोल्स रोइस, लाम्बोर्गिनी अवेन्टोर, मासाराटी ग्रान क्याब्रियोहरु पनि रहेको छ।