रोनाल्डोले स्वीकारे १८.८ मिलियन युरो जरिवाना र साढे २ वर्ष जेल सजाय

युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २३-महिना जेल र १८.८ मिलियन युरो सजाय स्वीकारेका छन । कर छलीको मुद्दा लागेका युभेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो स्पेनको अदालतमा मङलबार उपस्थित भएका थिए ।

पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । ३३ वर्षिय रोनाल्डोमाथी सन् २०१० देखी साढे १३ मिलियन युरो बराबरको कर छलेको आरोप लगाइएको छ । रियल मड्रिडमा रहदा रोनाल्डोलाई विभिन्न समयमा तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप स्पेनिस कर अधिकारीले लगाएको हो ।

तथापि, हिजो मात्रै चिएभो संगको जितमा पेनाल्टीबाट गोल गर्न चुकेका रोनाल्डोले भने (स्पेनको नियेम अनुसार) जेलमा बस्नु पर्ने छैन ।